सरकार पढ्दै, कमाउँदै’ कार्यक्रम ल्याउने तयारीमा

काठमाडौं । सरकारले ‘पढ्दै कमाउँदै’ भन्ने कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि उक्त कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिनुभएको छ ।मन्त्री शर्माका अनुसार सरकारले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि जोड दिइरहेको पनि दोहोर्याउनुभएको हो ।आज काठमाडौंमा शैक्षिक रुपान्तरण विषयक’ छलफल कार्यक्रममा मन्त्री शर्माले यस्तो बताउनुभएको हो ।साथै समुदायलाई पनि शिक्षित, जिम्मेवार, बनाउने उत्तरदायी राज्यको रहेको बताउनुभएको हो ।
कमेन्ट गर्नुहोस !