अर्घाखाँचीका एक युवाको सवारी दुर्घटनामा मृत्यु

अर्घाखाँची ।अर्घाखाँचीका एक युवाको सवारी दुर्घटनामा काठमाण्डौमा मृत्यु भएको छ । छत्रदेव गाउँपालिका वडा नम्बर ७ का भुपती पाण्डेको दुर्घटनामा परि निधन भएको हो । पाण्डे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत अध्यागमन अधिकृत रुपमा काम गदै आउनुभएको थियो ।

कार्यालय समय सकिएपछि घर फर्किने क्रममा बल्खु चोकको जेब्राक्रसिङमा उहाँले चलाएको स्कुटरलाई ट्रकले ठक्कर दिएको थियो। घाइते पाण्डेलाई तत्काल बल्खुस्थित बयोधा अस्पताल लगिएको थियो। अस्पताल पु¥याउनासाथ डाक्टरले मृत घोषणा गरेको अध्यागमन विभागले जनाएको छ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close