अर्घाखाँचीः जयठाटीमा बसको ठक्करबाट २ को मृत्यु,३६ घाइते

सन्धिखर्क ।अर्घाखाँचीमा हिजो भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ।यस्तै दुर्घटनामा ३६घाइते भएका छन । भुमिकास्थान नगरपालिका वडा नम्बर ५ र ६ को सिमाना जयठाटीमा हिजो बेलुका देउसी भैलो नाचिरहेको ठाउँमा बसले ठक्कर दिदा भूमिकास्थान नगरपालिका २ ढाकाबाङ्गकी ७० वर्षिया रुनी खनालको घटनास्थलमै र भुमिकास्थान नगरपालिका वडा नम्बर ६ खिल्जीकी २२ वर्षिय तारा श्रेष्ठको अर्घाखाँची अस्पतालमा उपचारको क्रममाम मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते १० जनालाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको अर्घाखाँची अस्पतालका निमित्त प्रमुख डा.अशोक शाहले बताउनुभएको छ । अन्य २६ जना घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ । बसले मानिस सँगै लु३च५२११ नम्बर को बलेरा जीप, लु १ज ४१५९ नम्बरको ट्याक्सी र लु ९५प १४६५ नम्बरको मोटरसाकलाई ठक्कर दिदा ३ वटै सवारी साधनमा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।बस ब्रेक फेल भएर अनियन्त्रित भएको बताए पनि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेहरुमा खिल्जीकी ३८ वर्षीया यमुना थापा,असुरकोटका १२ वर्षीया रोजिना परियार , ९ वर्षीया अन्सिला सुनार
खिल्जी निवासी १८ वर्षीया बिन्दु परियार,भूमिकास्थान नगरपालिका ६, खिल्जी का प्रकाश बेल्बासे, ४१ वर्षीया ईश्वरी गैरे भुसाल,१८ वर्षीया शर्मिला मुखिया , १२ वर्षीया जुना परियार , ३८ वर्षीया जुना थापा , ७२ वर्षीय प्रेमबहादुर श्रेष्ठ ,असुरकोट निवासी ३४ वर्षीय नवराज श्रेष्ठ , ४९ वर्षीया सुष्मा घर्ती ,असुरकोट निवासी ५ वर्षीय रवीन्द्र श्रेष्ठ ,खिल्जी निवासी २९ वर्षीय गोपाल थापा,खिल्जी निवासी २३ वर्षीय जीवन घर्ती,माछा मारे निवासी २१ वर्षीया कविता पुन,निवाकोट निवासी ४४ वर्षीया रुपा श्रेष्ठ,सन्धिखर्क नगरपालिका २, भक्तिटोल निवासी गीता भाट,प्युठान, ऐरावती गाउँपालिका ९, बुजुली निवासी १७ वर्षीया विमला नेपाली ,६० वर्षीया सुमित्रा थापा प्युठान, मलारानी गाउँपालिका २, खैरेनीडाँडा निवासी २२ वर्षीय विक्रम पुन ,१७ वर्षीय पर्वत राना ,भूमिकास्थान ५ निवासी ६० वर्षीया उम्कला पुलामी मगर ,भूमिकास्थान ६ निवासी २९ वर्षीय विष्णु पाण्डे,प्युठान, ऐरावती गाउँपालिका ६, सिमलचौर निवासी ४० वर्षीया सीता नेपाली,भूमिकास्थान ६, खिल्जी निवासी ११ वर्षीया अनुपा खण्डनी ,असुरकोट निवासी ६० वर्षीया पवित्रा घर्तीमगर ,११ वर्षीया आइस्मा पुलामी ,प्युठान मल्लरानी गाउँपालिका २, खरेनीडाँडा निवासी १९ वर्षीय नवीन पुन ,२० वर्षीय हिमाल पौडेल ,२२ वर्षीय श्रीधर केसी ,१८ वर्षीया स्मृति बेल्बासे ,भूमिकास्थान नगरपालिका ४ फलामखिल्जी निवासी ३१ वर्षीय रवि रेग्मी
प्युठान, मल्लरानी गाउँपालिका २, चुजाँठाटी निवासी १८ वर्षीय बबिन राना लगायत रहेका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close