नेपाल प्रहरी श्रीमती संघ लुम्बिनीको आयोजनामा विद्यालयलाई सिरक र लोबेड हस्तान्तरण

सन्धिखर्क ।नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवरले देशका विभिन्न ठाँउमा आफुहरुले विपन्न परिवारलाई विभिन्न सामग्री प्रदान गर्दै आएको बताउनुभएको छ ।आफुहरको संघमा आबद्व व्यक्तीहरुको सहयोगमा सहयोग गरेका छौं । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा रहेको निर्मल नबज्योती सुस्त मन स्थिती विद्यालयमा राखेको सिरक र लोबेड वितरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
सिरक २४ वटा र लोबेड ११ वटा वितरण गरिएको हो ।चिसोको समयमा सानो सहयोगले केही सहयोग पुगोस् भन्ने हेतुले न्यानो सिरक र लोबेड वितरण गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, सन्धिखर्क नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष माधव श्रेष्ठ,वडा नम्बर ९ का वडा अध्यक्ष पदम भुसाल,जिल्ला शिक्षा समन्वय इकाई अर्घाखाँचीका प्रमुख मनिराम पराजुली,जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक चक्रबहादुर मल्ल,शसस्त्रका प्रमुख भिमसेन बोहोरा समाजसेवी युगलनारायण बस्याल लगायतको सहभागीता रहेको कार्यक्रममा जिल्लामै यो विद्यालयमा फरक क्षमता भएका २४ जना विद्यार्थीले यही बसेर अध्यान गर्दछन । जाडोको समयमा कसरी न्यानो कपडा छुटाउने भन्ने समस्या थियो ।यो कार्यले विद्यालयलाई धेरै राहत भएको प्रअ कमला भुसालले बताउनुभयो ।कार्यक्रमा समाजसेवी लक्ष्मण पराजुली,पत्रकार महासंघ अर्घाखाँची अध्यक्ष अशोक खनालले सुभकामना मन्तव्य राखेको कार्यक्रम नेपाल प्रहरी श्रीमती संघकी लुम्बिनी प्रदेश अध्यक्ष निलम कडायत को अध्यक्षतामा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !