अर्घाखाँची कांग्रेस समर्थित भुतपूर्व सैनिक संघको अधिवेशन सम्पन्न,अध्यक्षमा अर्याल

सन्धिखर्क ।अर्घाखाँची नेपाली कांग्रेस समर्थित भुतपूर्व सैनिक संघको सन्धिखर्कमा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले गोपालप्रसाद अर्यालको अध्यक्षतामा १५ सदस्यीय भुतपूर्व सैनिक संघ अर्घाखाँचीको गठन गरेको छ ।
जसको सदस्यमा झविन्द्र खड्का, विष्णुप्रसाद श्रेष्ठ, डिलाराम श्रेष्ठ, झविन्द्र खड्का, विनाराम चुँदाली, दधिराम सुमई, फर्शुराम पाण्डे, लोकराज खनाल, दधिराम श्रेष्ठ, धनबहादुर पाण्डे, नारायणप्रसाद श्रेष्ठ र वेदुलाल खनाल रहनुभएको छ ।कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ,पुर्व सभापति कमल प्रसाद भुसाल र जिल्ला सचिव कृष्ण खनाल लगायतको पनि सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !