अनुदानका कार्यक्रममा दोहोरोपना हटाउन समन्वय प्रमुख कोइरालाको आग्रह

सागर महत,वैशाख ११,सन्धिखर्क ।
जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले अनुदानका कार्यक्रममा दोहोरोपना हुन नदिन आग्रह गर्नुभएको छ ।पछिल्लो समय संघ,प्रदेश र स्थानीय तहका कृषि क्षेत्रका कार्यक्रममा अनुदान वितरण कार्यक्रममा कमीकमजोरी देखिएकाले त्यसलाई सच्याएर अगाडी बढ्न आग्रह गर्नुभएको हो ।

सन्धिखर्कमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई अर्घाखाँचीको चालु आर्थिक बर्षको समिक्षा कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।साथै कोइरालाले अनुदानमा वितरण गरेका सामाग्रीको अनुगमन गर्न समेत आग्रह गर्नुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अर्घाखाँचीले जिल्लामा तरकारी जोन,बाख्रा जोन,कफी जोन र सुन्तला जोनमा काम गर्दै आएको परियोजनाका प्रमुख विष्णु मगरातीले बताउनुभयो ।यो आर्थिक वर्षमा कार्यालयको कुल बजेट ४ करोड ४३ लाख ८७ हजार बजेटमा अर्ध वार्षिक विनियोजनका आधारमा पुँजीगत ९७.३३ प्रतिशत र चालुतर्फ ३७.२२ प्रतिशत गरी द्वितीय त्रैमासीक ३८.५५ प्रतिशत भएको छ।तर पुँजीगतर्फ भारित प्रगति शतप्रतिशत र चालुतर्फको ५४.८४ प्रतिशत रहेको कार्यालय प्रमुख मगरातीको भनाइ छ।
काम नै नगरीकन ६३ लाख बजेट फिर्ता पठाएकोमा प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले यस विषयमा समिक्षा हुन जरुरी रहेको बताउनुभयो । उत्पादनलाई परिणाममुखी बनाउन सबै निकाय एकजुट हुन आवश्यक रहेको मालारानी गाउँपालिका उपाध्यक्ष दिपा पोखरेलको भनाइ छ ।कार्यक्रममा जनप्रतिनिधी,विभिन्न कार्यालयका कार्यालय प्रमुख ,प्रमुख प्रशासकिय अधिकृत लगायतको सहभागीता रहेको कार्यक्रम भगवता चौहानको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close