जन्मदिनमा श्रीमान द्वारा श्रीमतीलाई बीमा पोलिसी उपहार

अर्घाखाँची ।बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसैक्रममा तिलोत्तमा नगरपालिका वडा न ७, मणि प्रसाद पङ्गेनिले श्रीमती यमुना पङ्गेनीको जन्मदिनको अबसरमा १५ लाखको आईएमई।धनबर्धन जिवन बिमाको पोलिसी उपहार स्वरुप दिनुभएको छ । जन्मदिनको अवसरमा विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनुभएको पङ्गेनीले विभिन्न अनाथ आश्रम , मठ,मन्दिर तथा संघ सस्थामा जिन्सी नगद सहयोग गर्दै आउनुभएको छ । यसै बिच उहाले आईएमई लाइफ बुटवलबाट आफ्नी श्रीमतीको बिमा उपहार दिएर समाजमा सकारात्मक संदेश दिनुभएको छ ।

विभिन्न पर्व उत्सव तथा जन्म दिनमा हुने अनावश्यक खर्च कटौती गरी भविष्यमा हुने जोखिम ब्यावस्थापन तथा अनिवार्य बचतको उद्देश्यले जन्मदिनको अवसरमा १५ लाख रुपैयाँको बीमा गरी पोलिसी उपहार स्वरुप दिएको बताउनुभयो ।

आईएमई धनबर्धन जीवन बीमामा हरेक ५/५ वर्षमा नगदै फिर्ता भइरहने बीमा भएको साथै बिमित आफै एक ब्यावशायिक ब्याक्तित्व रहनुभएको हुदा , फिर्ता आउने रकम आफ्नो ब्यावशायको क्षेत्रमा समेत टेवा मिल्ने लागानी तथा जोखिम बहन समेत भइरहने भएकोले पनि यो बिमा निज लागि उत्कृष्ट रहेकोले यो जीवन बीमा खरिद गरेको लुम्बिनी अन्चलका क्षेत्रीय शाखा प्रबन्धक राजेन्द्र पन्थीले बताउनु भयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close