संसदमै एमालेको नाराबाजी

काठमाण्डौं ।प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ । सभामुखले बैठक प्रारम्भ भएको घोषणा गर्नेबित्तिकै एमालेका सांसदहरुले विरोध कायम राखेका छन् । अहिले एमाले सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाको विरुद्धमा नाराबाजी लगाईरहेका छन् । आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई समयमै पदमुक्त नगरेर दल विभाजनमा सहयोगी भूमिका खेलेको एमालेको आरोप छ ।
कमेन्ट गर्नुहोस !