छत्रदेव गाउँपालिकाको छत्रगञ्जमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न,४सय बढीले सेवा लिए

सन्धिखर्क ।अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको छत्रगञ्जमा रहेको सार्वजनिक माविमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।छत्रगञ्ज रुपन्देही सम्पर्क समाजको आयोजना तथा छत्रेदेव गाउँपालिकाको समन्वय र सहयोगमा निशुल्क स्वास्थ्य शिविरमा ४सय२९ जना सेवाग्राहीलाई सेवा लिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्वीराम न्यौपानेले जानकारी दिनुभयो ।
शिविरमा विशेषज्ञ सेवा सहितको सेवा व्यवस्थापन गरि गाउँपालिका नागरिक लाई सेवा प्रदान गरिएको गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठको भनाइ छ ।
शिविरमा गाउँपालिका उपाध्यक्ष मनी पन्थी,प्रमुख प्रशासकिय अधिकृत राजन पाण्डे,वडा अध्यक्षहरु ,विशेषज्ञ डक्टर लगायतको सहभागीता रहेको थियो । बुटवल र सन्धिखर्कमा प्राप्त गर्ने सेवा गाउँमै पाउँदा स्थानीय हर्षित भएका थिए ।
कमेन्ट गर्नुहोस !