अर्घाखाँचीमा अक्सिजन पलान्ट निर्माण गर्न २ करोड १० लाख बजेट

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा अक्सिजन पलान्ट निर्माण गरिने भएको छ । कोरोना रोकथामको लागि अक्सिजनको अभावमा कसैको मृत्यु नहोस भन्ने उदेश्यका साथ अक्सिजन पलान्ट निर्माण गर्न लागेको बताईएको छ ।जसको लागि २ करोड १० लाख बजेट परेको छ ।
अर्थ मन्त्रालय बाट १ करोड ५० लाख, जिल्लाका ६ वटा स्थानीय तह बाट १० लाख का दरले तिन नगरपालिका तिन गाउँपालिका बाट ६० लाख बजेट परेको हो । स्थानीयतहको तर्फ बाट अक्सिजन पलान्ट निर्माणको लागि सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालको संयोजकमा ७ सदस्य समिति पनि गठन गरिएको हो ।
कमेन्ट गर्नुहोस !