काम प्रति बफादार भएर नागरिकको सेवा गर्न युनियनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष कटुवालको आग्रह

सन्धिखर्क ।नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष उत्तम कटुवालले कर्मचारीहरुको हकहितको लागी अग्रपंक्तिमा रहेर नेपाल निजामती कर्मचारी युनियनले आफ्ना गतिबिधि संचालन गरिरहेको बताउनु भएको छ ।यस्तै नेपाल निजामती कर्मचारी युनियनमा आबद्ध कर्मचारीहरु पनि आफ्नो काम प्रति बफादार भएर नागरिकको सेवा गर्न समेत आग्रह गर्नु भएको हो ।कर्मचारी युनियन अर्घाखँचीका प्रतिनिधि सँग सन्धिखर्कमा भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँहरुले अहिले सम्म राज्यले संघिय निजामती ऐन, प्रदेश निजामतीमा ऐन र स्थानिय निजामती ऐन ल्याउन नसक्दा थुप्रै कर्मचारीहरुको बृद्धि विकास रोकनु दुःखद भएको वताउनु भयो । ऐन ल्याउनुको लागी नेपाल निजामती कर्मचारी युनियन राज्य सँग गम्भिर भएर बार्ता छलफल गरिरहेको पनि उहाँहरुले बताउनु भयो।यस्तै उपमहासचिव ईन्दु शर्माले अब संगठनको नयाँ नेतृत्व गर्ने देखि संगठनलाई थप चलायमान गर्नको लागि छलफल भैरहेको बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय सचिब भुपेन्द्रअधिकारी,अर्घाखाँची कर्मचारी युनियन का कार्यवाहक अध्यक्ष दिपक पाण्डे, सिविएका अध्यक्ष कृष्ण बर्मा, कर्मचारी युनियन अर्घाखाँची का नेताहरु रुकेन्द्र पालुङ्गे, योगेस पन्थि, नारायण दमासे, पोमनारायण कुवर लगायतले
सहभागीता रहेको थियो ।उहाँले जिल्लाको पछिल्लो संगठनको बारेमा जानकारी गराउनुभएको थियो ।यस्तै कार्यक्रममा प्रेस युनियनका केन्द्रिय सदस्य प्रेमनारायण आचार्य लगायतको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !