चाडपर्वले पनि अनेकतामा एकता कायम गर्दछ:मन्त्री राणा

दाङ।लुम्बिनी प्रदेश सरकार का शहरी बिकास तथा खानेपानी मन्त्री एबम नेपाली काङ्ग्रेस का युवानेता सरोज थापा ( रोज राणा) ले सबै खाले नेपाली चाड पर्वहरूले नै अनेकतामा एकता कायम गरी राष्ट्रिय भावनाको जगेर्ना गर्न सहयोग पुर्याएको उल्लेख गरेका छन् ।
हिन्दू धर्मावलम्वीहरूले अति श्रद्धाका साथ भगवान् शिवको आराधना गरेर मनाइने ‘महाशिवरात्रि’ अवसरमा शुभकामना व्यक्त गर्दै राणाले विभिन्न समुदायमा रहेका धार्मिक र सांस्कृतिक निधिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा दिने महाशिवरात्रिलगायत पर्वले सबै जातजाति, धर्म, वर्ग र पेसा अवलम्बन गर्ने नेपालीका बीचमा सुमधुर सम्बन्ध कायम गर्न सघाएका बताएका छन् ।
शहरी बिकास मन्त्री राणाले महाशिवरात्रिको अवसरमा आफू र आफ्नो मन्त्रालय को तर्फबाट स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
कमेन्ट गर्नुहोस !