सन्धिखर्कमा निःशुल्क बुहत स्वास्थ्य शिविर १६सय बढी बिरामीको स्वास्थ्य परिक्षण

सागर महत ,सन्धिखर्क।अर्घाखाँचीमा सन्धिखर्क नगरपालिकामा एक दिने बृहत निःशुल्क स्वास्थ शिविर भएको छ। शिविरको लुम्बिनी प्रदेश नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले उद्घाटन गरेका हुन।उद्घाटन कार्यक्रममा बोल्दै उनले यो शिविर लुम्बिनी प्रदेशका १२ जिल्लामा संचालन गर्ने गरि संचालन गरिएको बताए।

सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा रहेको अर्घाखाँची आवशिय माध्यमिक विद्यालयमा भएको शिविरमा यस्तो बताएका हुन । शिविरको मुख्य उदेश्य नै रोग पहिँचान गर्नु हो ।जटिल प्रकारका रोग देखा पर्र्ने बिरामीलाई काठमाण्डौंमा लगेर ओषधि बाहेका सम्पुर्ण सेवा फिरीमा गर्ने बताए ।सुशील कोइरालाको ८ स्मृति अवसरमा यो अभियान संचालन गरेको समेत सभापति पुनको बताए ।
सुशील कोइराला स्मृति प्रतिस्ठान राप्ती उपत्यका देउखुरी दाङ र सन्धिखर्क नगरपालिका को आयोजनामा भएको १ दिने स्वास्थ्य शिविरमा काठमाडौं मेडिकल कलेजले प्राविधिक सहयोग रहेको थियो ।

१२ जना विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्य परिक्षणमा १६ सय बढी बिरामीले सेवा लिएको सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठको भनाइ छ। विशेषज्ञ सहितको सेवा सदरमुकाम सन्धिखर्कमा पाउँदा यहाँका नागरिक खुशी भएका छन ।नगर भित्रका नागरिकको भित्री रोग पत्ता लगाई उचित औषधी उपचारको ब्यबस्था होस भन्ने उदेश्यका साथ शिविरको सञ्चालन गरिएको नगर प्रमुख श्रेष्ठको भनाइ छ।


शिविरमा जनरल मेडिकल,स्त्रीरोग ,बालरोग,शल्यक्रिया सर्जरी ,मानसिक तथा नशारोग,मुटुरोग ,छाला तथा योन रोग,दन्तरोग, भिडियो एक्सरे,ल्याव टेस्ट ,आँखा रोग लगायतको परिक्षण गरिएको हो ।शिविरमा ४० जनालाई उपचारका लागि काठमाण्डौ मेडिकल कलेजमा रिफर गरिएको छ ।

शिविरको उद्धाटन समारोहमा सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आचार्य, नेपाली कांग्रेस लुम्बिनीका उपसभापति भुवन प्रसाद श्रेष्ठ, सुशील कोइराला स्मृति प्रतिष्ठान लुम्बिनीका अध्यक्ष प्रकाश राना, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारी, सन्धिखर्क नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मञ्जु खनाल लगायतको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रम सनिधखर्क नगरपालिकाका राजस्व शाखा प्रमुख मुक्तिराम खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close