गुल्मीमा कार्तिक १५ गतेदेखि महोत्सव संचालन हुँदै

गुल्मी ।गुल्मी उद्योग संघको आयोजनामा गुल्मी महोत्सव हुने भएको छ ।कात्तिक १५ देखि २५ गते सम्म महोत्सव हुने भएको हो ।
तम्घासमा पत्रकार सम्मेलन गरि आयोजकले महोत्सवको बारेमा जानकारी दिएको हो।
उद्योग ,कृषि र पर्यटनमा विशेष प्राथामिकताको नाराका साथ प्रथम गुल्मी महोत्सव आयोजना गरिएको बताएको छ ।
महोत्सवले स्थानीय स्तरमा उत्पादन भएको कृषि उपज,स्थानीय कला संस्कृती,मौलिक भेषभुसा र पर्यटकीय स्थान प्रचार प्रसारमा टेवा पुराउने गुल्मी उद्योग संघका अध्यक्ष नवराज भुसालले बताउनु भयो ।उपल्लो तम्घासमा हुने महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने उपेक्षा राखिएको छ ।
कमेन्ट गर्नुहोस !