नव उदयमान अर्घाखाँची व्यापार संघको कार्यालय उद्घाटन

सन्धिखर्क ।अर्घाखाँची व्यापार संघको कार्यालयको जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाले उद्घाटन गर्नुभएको छ।
सन्धिखर्क नगरपालिका वडा नम्बर १ साथी होटल नजिक कार्यालय स्थापना गरिएको छ ।कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख कोइरालाले अर्घाखाँचीमा रहेका उधोग बाणिज्य संघ , चेम्बर कमर्श , अर्घाखाँची व्यापार संघ यी तीन वटै मिलेर अगाडी बढ्न आवश्य रहेको बताउनुभयो ।योगेन्द्र खड्काको नेतृत्वमा उक्त ब्यापार संघ रहेको छ ।
सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ, सन्धिखर्क नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष माधव श्रेष्ठ, ,२ का वडाध्यक्ष मोतिजंङ्ग रायमाझी, ८ का वडाध्यक्ष हुम प्रसाद बन्जाडे, पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतको सहभागीतामा समितिका सदस्य नेत्र प्रसाद भुसालले संस्थाको बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रम अर्घाखाँची व्यपार संघ जिल्ला अध्यक्ष योगेन्द्र खड्काको अध्यक्षता, सदस्य कृष्ण प्रसाद भुसालको स्वागत मन्तव्य र महासचिव विनोद गैरेको संचालनमा सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस !