राष्ट्रियसभा उपनिर्वाचनको मतदान शुरु,आजै मत परिणाम आउने

काठमाण्डौ ।वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि मतदान सुरु भएको छ । रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । उपचुनावमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, कांग्रेस र माओवादी केन्द्रको समर्थनमा खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीबाट कृष्णगोपाल तामाङले उम्मेदवारी दिनुभएको छ ।

मतगणना बेलुकी ५ बजेदेखि सुरु गरिने र आजै बेलुकासम्ममा भर्चुअल माध्यममार्फत नतिजा सार्वजनिक गर्ने तयारी भएको प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठले बताउनुभयो । निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने पाउने छन् ।

बागमती प्रदेशसभा सदस्य १ सय ९ जना र प्रदेशका १३ जिल्लाका १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय ३८ गरी यो निर्वाचनमा कुल ३ सय ४७ मतदाता रहेका छन् ।नेकपाबाट निर्वाचित गृहमन्त्री थापालाई दल त्यागसम्बन्धी कानूनका आधारमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त स्थानमा उपनिर्वाचन गरिएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close