शिक्षा क्षेत्रको सुधार अहिलेको आवश्यकता होःसभामुख घिमिरे

सन्धिखर्क ।प्रतिनिधीसभाका सभामुख देवराज घिमिरेले सामुदायिक बिद्यालयको पढाइको गुणस्तर सुधार नगरेसम्म पहाडी जिल्लाको बसाइँसराइ रोक्न नसकिने बताउनुभएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा रहेको महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहलाई सम्बोधन गदै सभामुख घिमिरेले पछिल्लो समय शिक्षाकै कारण बसाइँसराइ भएकाले यसको रोकथामको लागि सबै एक जुट भएर लाग्न आवश्यक भएको बताउनुभयो ।


रोजगारी नभएका कारण गाउँका युवाहरु न्युन हुने विषयमा पनि अब सरकार गभ्भीर भएर लाग्नु पर्ने बताउनुभयो ।यस्तै प्रतिनिधी सभा सदस्य तथा एमाले सचिव टोपबहादुर रायमाझीले अबको विकास सडकमा नभई अन्य क्षेत्रमा लगाउने बताउनुभयो ।

कार्यक्रममा छत्रदेव गाउँपालिका भित्रका विभिन्न झाकी समेत पस्तुत गरिएको थियो । ६० औं वर्षगाँठका अवसरमा आयोजित ऐेतिहासिक हिरक महोत्सव कायक्रममा विद्यायलाई ५० लाख १ हजार १ रुपँया सहयोग गर्ने चन्दा दाता स्वा. राममणी ज्ञवाली र स्व. नेत्रलाल ज्ञवालीको सम्झनामा उनीहरुको परिवार कल्पना ज्ञवाली र विश्वमणी ज्ञवालीलाई सभामुख देवराज घिमिरे र सासंद रायमाझीले प्रमाण पत्र विद्यालयको तर्फबाट प्रदान गर्नुभएको थियो ।


कार्यक्रममा पुर्व उपसभामुख पुष्पा भुसाल, प्रदेश सांसद चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे,जिल्ला समन्वय प्रमुख जिवनारायण कोइराला, नेपाली कांग्रेसका सभापति केशव श्रेष्ठ, एमालेका अध्यक्ष पिताम्वर भुसाल, नेकपा माओवादीका रामलाल पराजुली, छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो ।कार्यक्रमा सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी मिना अर्याल,प्रहरी नायव उपरिक्षक मुकुन्द रिजाल,शिक्षा समन्वय प्रमुख मनिराम पराजुली,छत्रदेव गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थ लगायतको सहभागीता रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर खनालको अध्यक्षतामा सम्पन्न भएको हो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close