अज्ञात समूहद्वारा क्षेत्रीमाथि कुटपिट

अभिनव चौहान/काठमाडौं।
मंगलम रेकर्डिङ्ग स्टुडियो काठमाडौका संचालक प्रकाश क्षेत्री माथी अज्ञात समूहद्वारा आक्रमण भएको छ ।यहीँ जेष्ठ ८ गते कर्णाली चिसापानीको पितमारिमा दुई पक्षमा विभाजित युवाहरूको झडप भईरहेको बेला , छुटाएर उनिहरूलाई बचाउन खोज्दा, उल्टै पछाडिबाट आक्रमण गरेको जनाईएको छ ।
चिरुवा दाउराले टाउकोमा प्रहार गर्दा टाउकाको बायाँ पट्टी काँधनिरको हड्डी भाँचिएको र शरीरको अन्य ठाउँहरुमा पनि गहिरो चोट लागेको अस्पतालले जनाएको छ।यतिबेला काठमाडौंमा रहेको ग्रिन सिटि हस्पिटलमा क्षेत्रीको उपचार हुदैछ ।
क्षेत्री साम्वेद अन्लाईन पत्रिकाका सह (सम्पादक र मलया खबर अन्लाईनका संवाददाता हुन् ।त्यसैगरी ऊनी मंगलम रेकर्डिङ्ग स्टुडियोका व्यवस्थापकका साथै नेपाली गीत संगीतमा निरन्तर आवद्ध छन्। रिपोर्टिङको लागि हिड्दै गर्दा त्यस ठाउँमा पुगेका थिए ।
क्षेत्री माथि सङघातिक आक्रमण गर्ने गिरोह फरार अवस्थामा रहेको प्रहरीले जनाएको छ । उनिहरूलाई प्रहरीले खोजि गरिरहेको क्षेत्रीका आफन्तले जानकारी दिए। उक्त घटनामा संलग्न दोषीलाई प्रशासनले यथाशीघ्र पक्राउ नगरेको खण्डमा उनका परिवार र आफन्तहरु कडा रूपमा आन्दोलनमा उत्रने उनका परिवार र आफन्तहरुले चेतावनी दिएका छन्।
कमेन्ट गर्नुहोस !