नेपालीलाई स्वदेशमा रोजगार प्रदान गरेमा मात्र सासंद मन्त्री हुँ भन्नेमा गर्भ हुनेःसासंद शाहीको भनाइ

सन्धिखर्क ।राष्ट्रिय प्रजातन्त्र पार्टीमा सासंद ज्ञानेन्द्र शाहीले जब सम्म नेपालीलाई स्वदेशमा रोक्न सकिदैन तब सासंद ,मन्त्री र प्रधानमन्त्री नभएको ठरिने बताउनुभएको छ ।लाखौं स्वदेशी जनशक्ती रोजगारीको लागि विदेशी भुमीमा जान बाध्य भएका छन । यि जनशक्ती रोकेर स्वदेशमा रोजगारीको वातावरण सृर्जना गरेमा जनताले चुनेका सासंद मन्त्री हुँ भनेर गर्भ गर्न सकिने अवस्था आउने बताउनुभयो ।
अर्घाखाँचीको शितगंगा नगरपालीकामा जारी दोस्रो शितगंगा महोत्सवमा बोल्दै सांसद शाहीले यस्तो बताउनुभएको हो । यस्तै भारत बाट भित्री तरकारी रोकेमा मात्र हजारौ ले यही रोजगार प्राप्त गर्न सक्ने बताउनुभयो ।कार्यक्रममा महानायक राजेश हमाल,गायिका सिता राना लगायतले पस्तुती दिनुभएको थियो ।
कमेन्ट गर्नुहोस !