अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न सुरक्षाक्रमीलाई सामग्री प्रदान

सागर महत,सन्धिखर्क।डिभिजन वन कार्यालय अर्घाखाँचीले वन डढेलो नियन्त्रण गर्नको लागि सुरक्षाक्रमीलाइ सामग्री प्रदान गरेको छ।जसअन्तर्गत सुइटर १० थान, हेल्मेट १०थान दाते५ थान,होर्याक ५  थान यसै गरि तीन सेट उद्दारका सामग्री  नेपाल प्रहरी,नेपाल आर्मि र शसस्त्र प्रहरीलाई प्रदान गरिएको सिनियर डिभिजन वन अधिकृत मोहन प्रसाद श्रेष्ठले बताउनुभयो ।

आगलागीका घटना न्युनिकरण गर्नको लागि स्थानीय तहले पनि कार्ययोजना बनाउन जरुरी रहेको उहाँले बताउनुभयो ।आगोलागी न्युनिकरण गर्न र क्षतिबाट जोगाउन यस किसिमका सामग्रीले ठूलो राहात हुने प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनुभयो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक चक्रबहादुर मल्ल,शसस्त्रका प्रमुख भिमसेन बोहोरा,जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डाक्टर जगन्नाथ तिवारी लगायतको सहभागीता रहेको कार्यक्रम डिभिजन वन कार्यालय अर्घाखाँचीका सुचना अधिकारी केशव खड्काको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close