शिक्षामा बालबालिकाको पहुँच बढाउन जरुरी छःमन्त्री तिमिल्सीना

सन्धिखर्क ।लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सीनाले शिक्षामा बालबालिकाको पहुँच बढाउनु पर्ने बताउनुभएको छ ।प्रदेशमा ७ वर्षदेखि १४ वर्ष उमेर समूहका बालबालिका विद्यालयको पहुँच बाहिर अझै पनि सुधारर्ने अवस्थामा भएकाले आफुहरु सोहि अनुसार लागेको बताउनुभएको छ ।

सन्धिखर्कमा नेपाली कांग्रेस अर्घाखाँचीे राखेको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सीनाले कुनैपनि बालबालिका शिक्षाबाट बन्चित नहोस् भन्ने अभिप्रायले विभिन्न कार्यक्रमहरू गरिरहेको बताउनु भयो ।लुम्बिनी प्रदेशमा रहेका ४ हजार ५ सय ३१ सामुदायिक विद्यालयमध्ये २ हजार २५ विद्यालयमा विद्यार्थी संख्या एक सय भन्दा कम रहेको भन्दै उहाँले पहाडी भेगमा यो समस्या अझ बढी रहेको बताउनु भयो । नेपाली कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठले अर्घाखाँचीको विकासका लागि आवश्यक पर्ने योजनामा बजेट विनियोजन गर्न आग्रह गर्नुभयो ।


नेपाली कांग्रेस अर्घाखाँचीका सभापति केशब श्रेष्ठको सभापतित्व सचिव कृष्णप्रसाद खनालको सन्चालनमा सम्पन्न भएको हो ।कार्यक्रम मा नेपाली कांग्रेस लुम्बिनी प्रदेसका सहमहामन्त्री बिष्णु प्रसाद खनाल मुस्कान ,कांग्रेस अर्घाखाँची पुर्व सभापति कमल प्रसाद भुसाल ,लुम्बिनी प्रदेसका सदस्य शान्ता भण्डारी ,जिल्ला उपसभापति बिष्णु भुसाल बाबुराम पौडेल सचिव अच्युत गौतम सहसचिव कमल पौडेल महासमिति सदस्य निर्मला क्षेत्री लगायत सदस्य पदाधिकारी हरुको उपस्थिति रहेको थियोे ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close