मालारानी गाउँपालिमा अपाङ्गता भएका व्यक्तिहरु लाई परिचय पत्र वितरण शिबिर सम्पन्न

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीको मालारानी गाउँपालिकाले अपाङ्गता भएका व्याक्तिहरुको पहिचान तथा परिचय पत्र वितरण शिबिर सम्पन्न गरेको छ ।गाउँपालिका भित्र रहेका ९ वटा वडा भित्रका नागरिक लाइ सोमबार र मङ्गलबार गरि २ दिन सम्म शिबिर राखि १सय ९२ जना लाई परिचय पत्र वितरण गरिएको गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिनुभयो ।गाउँपालिकाको खनदहमा गरिएको उक्त कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको लागि पालिका सम्म पुग्नको लागि यातयातको साधनको व्यवस्था गरिएको आचार्यले जानकारी दिनुभयो ।

शिबिरमा अपांगता भएका व्यक्तिहरुको स्वायम उपस्थीतीमा परिचय खुल्ने कागजजातको प्रतिलिपिको आधारमा वितरण गरिएको हो । जसमा अति अशक्त लाई क वर्ग ,मध्यम वर्ग लाइ ख वर्ग,सामन्य लाई ग वर्ग गरि वितरण गरिएको छ। अपांगता परिचय पत्र वितरण कार्यक्रममा पालिका अध्यक्ष बालकृष्ण आचार्य,उपाध्यक्ष प्रमिला क्षेत्री,प्रमुख प्रशासकिय अधिकृत रमेश पन्थी,सुचना अधिकारी नेत्र खनाल ,९ वटा वडाका वडा अध्यक्ष,कार्यपालिका सदस्य,वडा सदस्य ,कर्मचारी र स्थानीयको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close