अत्यधिक गर्मीका कारण अर्घाखाँचीका १ पुरुषको कपिलवस्तुमा मृत्यु

कपिलबस्तु।अत्यधिक गर्मी’ का कारण कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर–१ कपासी टोलमा एक जनाका मृत्यु भएको छ।आफ्नो छोरीलाई ईमिलियाबाट भेटेर फर्किनेक्रममा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका नगरपालिका वडा नम्बर–९ अर्घाका ५२ वर्षीय थानेश्वर परियारको मृत्यु भएको हो।
घरबाट छोरीलाई भेट्न भनी घरबाट निस्किएका थिए। उनी कपसीको कडेल टोलमा मृत अवस्थामा फेला परेका हुन्। वडाध्यक्ष तिलक बस्नेतले परियारको मृत्यु गर्मीकै कारण भएको प्रारम्भिक रुपमा देखिएको जानकारी दिए। शुक्रबार मात्र उनको पहिचान खुलेको थियो।इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक बील बहादुर सुनारले स्थानवासीले दिएको विवरण अनुसार परियारको मृत्यु गर्मीकै कारण रहेको प्रारम्भिक रुपमा देखिएको बताए।यसबारेमा थप अनुसन्धान भैरहेको जनाएको छ ।नागरिक दैनिकबाट साभार

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close