अर्घाखाँची चेम्वर अफ कमर्सले पनि सन्धिखर्कमा लाग्ने महोत्सवको समर्थन जनायो

सन्धिखर्क ।अर्घाखाँची चेम्वर अफ कमर्सले अर्घाखाँची उद्योग बाणिज्य संघले यही पुष २९ गतेबाट लगाउने महोत्सवलाई समर्थन जनाउने भएको छ ।
२०७९ सालमा सन्धिखर्कमा पाचौं अर्घाखाँची महोत्सवमा सहकार्य गरेर महोत्सव संचालीत गरिएको र अब लाग्ने महोत्सवलाई छैठौं अर्घाखाँची महोत्सव अर्घाखाँची उद्योग बाणिज्य संघ र त्यसपछिको सातौं अर्घाखाँची महोत्सव अर्घाखाँची चेम्वर अफ कमर्सले गर्ने सहमती भएको विदितै भएको भन्दै चेम्बर अफ कमर्श जिल्ला अध्यक्ष अशोक श्रेष्ठले निकालेको विज्ञप्तीमा उल्लेख छ ।
हामी स्थापनाकालदेखी नै व्यवसायिक मेला, महोत्सवको पक्षमा छौं । जिल्लालाई बढीभन्दा बढी फाइदा हुनेगरी, जिल्लामा रहेका व्यवसायीहरुको बढिभन्दा बढी हित हुनेगरी मेला महोत्सव नियमित रुपमा हुनुपर्छ भन्ने हाम्रो दृढ मान्यता रहेको छ ।
सोही सहमतीलाई मध्यनजर गर्दै अर्घाखाँची चेम्वर अफ कमर्सको आज सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको बैठकको निर्णय अनुसार यस वर्ष अर्घाखाँची उद्योग बाणिज्य संघले सदरमुकाम सन्धिखर्कमा गर्न लागेको मेलामा हाम्रो कुनै असहमती नरहेको औपचारिक रुपमा जानकारी गराइएको छ ।
कमेन्ट गर्नुहोस !