सन्धिखर्क १०मा लागुपदार्थ दुर्व्यसनि तथा आत्महत्या न्युनिकरण सम्बन्धि सचेतना कार्यक्रम

नेत्र मरासिनि ,सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर १० को युवा लक्षित कार्यक्रम अन्तर्गत लागुपदार्थ दुर्व्यसनि तथा आत्महत्या न्युनिकरण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर १० को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कानुन व्यबसायि विजय भुसालले लागुपदार्थ दुर्व्यसनि तथा आत्महत्या न्युनिकरण सम्बन्धि बिषयमा सचेतना प्रदान गर्नुभएको थियो ।
लागुपदार्थ सेवन गरि समाजमा बिकृति फैलाउने र निरन्तर प्रयोग पछि मानसिक रूपमा बिकृत भइ आत्महत्याको बाटो सम्म पुग्ने अबस्था सिर्जना हुने बिषयमा अधिबक्ता भुसालले जानकारि गराउनुभएको हो । कार्यक्रममा सन्धिखर्क नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मन्जु आचार्यले युवा उमेरले मात्र नभइ सोच र बिचारमा पनि नयापन र अग्रगामी हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पत्रकार प्रेमनारायण आचार्य , नेत्र मरासिनीले शुभकामना मनतब्य राख्नुभएको थियो । कार्यक्रम वडा अध्यक्ष मोहनसिंह ठकुरिको अध्यक्षता,पशु प्राबिधिक प्रदीप आचार्यको स्वागत मन्तव्य र सचिव बिष्णु आचार्यको संचालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !