कांग्रेसले जुनकीरी मियाको योगदानको कदरस्वरूप पार्थिव शरीरमा झण्डा ओढायो

सन्धिखर्क ,साउन २९ ।नेपाली कांग्रेस अर्घाखाँचीले पार्टीका सक्रिय सदस्य हाजी जुल्करिम मिया (जुनकीरी) को पार्थिव शरिरमा पार्टीको झण्डा ओढाइएको छ।उहाँको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै, उहाँको योगदानको कदरस्वरूप पार्थिव शरीरमा पार्टीको झण्डा ओढाइएको हो।मियाको ६७ वर्षको उमेरमा अन्नपूर्ण न्युरो अस्पताल काठमाडौमा उपचारको क्रममा श्रावण २७ गते निधन भएको हो ।
निर्वाचनको समयमा नेपाली कांग्रेसका उम्मेदवारहरुसंग गाउँ गाउँमा पुगेर गित मार्फत निर्वाचन प्रचारप्रसार गरेर उम्मेदवार बिजयी बनाउन उल्लेख्निय भुमिका खेल्नु भएको इतिहास सम्झैदै श्रद्धाञ्जली सभा गरिएको कांग्रेस अर्घाखाँचीले जनाएको छ । नेपाली काङ्ग्रेसका क्रियाशिल सदस्य हकिम खान र प्रेस युनियन अर्घाखाँचीका सहसचिव हलिम खानका पिता समेत हुनुहुन्छ ।२०३२ सालमा जिल्ला सदरमुकाम चुत्राबेशी र सन्धिखर्क आएदेखी फेन्सी ब्यबसाय संगै नेपाली लोक गित दोहोरी गित गाउँदै गाउँ गाउँ ब्यापार गर्दै हिडने बसेको ठाउँमा रमाइलो गर्ने उहाँको उपचारको सिलसिलामा निधन भएको छोरा हलिम खानको भनाइ छ ।
आजको शोक सभामा नेपाली काङ्ग्रेसका पुर्व जिल्ला सभापति कमल प्रसाद भुसाल, लुम्बिनी प्रदेश सदस्य शान्ता भण्डारी, जिल्ला उपसभापती बिष्णु भुसाल, बाबुराम पौडेल, कोषाध्यक्ष बिष्णु क्षेत्री, सहसचिव कमल पौडेल, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य, जनप्रतिनिधि, भातृ तथा शुभेच्छुक सस्थाका प्रमुख, नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस !