स्याङ्जामा जीप दुर्घटना एकको मृत्यु ,६ घाँईते

स्याङ्जा । स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।जिल्लाको भीरकोटको बानेथोकबाट बयारघारी बजारका लागि छुटेको ग १ ज ४९४० नम्बरको जीप भीरकोट ४ कै सेन्थुम्का नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा परि घाइते भएका भीरकोट ३ का अन्दाजी ३६ वर्षका गणेशजंग अधिकारीको उपचारका क्रममा कालिका सामुदायिक अस्पताल हेलुमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै अन्य ६ जना घाइतेहरुको पनि हेलुमा प्राथमिक उपचार गरी थप उपचारका लागि पोखरा लगिँदै गरेको भीरकोट ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारी लक्ष्मणले जानकारी दिनुभयो । घाइतेहरु सबै भीरकोट ३ का हुन् । अविरल वर्षाका कारण बाटो चिप्लो हुँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close