सस्तो लोकपि्रयताले जनताको हित हुन सक्दैन : सचेतक क्षेत्री

बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य निर्मला क्षेत्रीले लुम्बिनीको प्रदेशको नीति तथा कार्यक्रम सस्तो लोकपृयतामा आधारित भयको भन्दै बास्तबिक जनताको हितमा नभएको उनले बताइन् । आफ्नो भन्न पाए कि पाएनन् भने प्रश्न गरेकी छिन् । लुम्बिनी प्रदेशको आठौ अधिवेशनको छैठौं बैठकमा बोल्दै उनले ‘समृद्ध प्रदेश, सुखी जनता’को नारा अनुसार काम नभएको बताईन् । प्रदेशका जनताले समयमानै स्वास्थ उपचार नपाएरदिनदिनै ज्यान गुमाउनु परेको एकातिर छदैछ भने साझ बिहानको हातमुख जोड्न समेत नपाएर छट्पटाई रहेका छन् । ‘प्रदेशका जनताहरु एउटा आईशोलेन पाएका छैनन्, अस्पतालसम्म जान एम्बुलेन्स पाएका छैनन् । एउटै घरका ३/४ जनाले ज्यान गुमाउनु परेको छ । त्यो परिवारलाई पीडा छ ।
बाचेकोलाई भोली हाम्रो हालत यस्तै हुनेकि भन्ने चिन्ता छ । यही हो त हामीले लिएको समृद्ध प्रदेश सुखी जनताको नारा ? नेपाली कांग्रेस संसदीय दलका सचेतक समेत रहेकी क्षेत्रीले सरकारले सकारात्मक सोच लिएर अगाडी बढ्न सुझाव दिएकी छिन् । उनले सरकार बैधानिक बाटोबाट अगाडि बढन आग्रह गर्दै गाली भित्र अर्ती खोज्न सुझाव समेत दिईन् । कानुन बनाउने र त्यसको संरक्षकबाट नै कानुनको पालना भयन भने परिणाम कस्तो होला अहिले त्यही अवस्था सिर्जना भयको छ । यस्तो सस्कारको बिकासले मुलुक कतातिर जादैछ ? यसबारेमा सचेत भइ प्राप्त उपलब्धीलाइ रक्षा गर्नु अहिलेको मुख्य चुनौती रहेको बताइन् ।
कमेन्ट गर्नुहोस !