बुटवलमा बन्ने भयो जितगढी युद्ध संग्रहालय

बुटवल उपमहानगरपालिकामा ऐतिहासिक सम्पदास्थल जितगढी र सांस्कृति सहर पुरानो बुटवल (बटौली) लाई जोड्ने गरी संग्रहालय निर्माण सुरु भएको छ । यो ऐतिहासिक जितगढी किल्लामा भएको तत्कालीन नेपाल–अंग्रेज युद्धताकाको झल्को दिनेगरी निर्माण गर्न लागिएको महत्त्वपूर्ण संरचना हो ।

जितगढी (बटौली) युद्ध संग्रहालयका नाममा निर्माण हुने उक्त संरचनाको बुधबार एक समारोहका बीच शिलान्यास भएको छ । उपमहानगरका प्रमुख शिवराज सुवेदीले उक्त संग्रहालयको शिलान्यास गरे ।

राष्ट्रिय स्वाभिमान, पहिचान र शानको रूपमा रहेको जितगढीलाई बटौली पर्यटनको केन्द्रका रूपमा लिइएको नगरप्रमुख सुवेदीले बताए । प्राचीन सहरले जन्माएर सबै उपशहरहरूलाई जोड्ने एउटै पर्यटन सर्किट बनाइने बताउँदै उनले बु्टवल चक्रपथ, तिनाउ–दानव कोरिडोर र छिमेकका पालिकाका सडक सञ्जालमा बुटवलको पर्यटन सर्किट जोडिने बताए ।

बुटवल उपमहानगरपालिकाले बनाएको एकीकृत सहरी विकास गुरुयोजनामा रहेको पर्यटनअन्तर्गतको एउटा कामका रूपमा संग्रहालय रहेको प्रमुख सुवेदीले बताए । बुटवलमा जनप्रतिनिधि निर्वाचित भएपछि बुटवलको आवधिक र दीर्घकालीन महत्त्वका योजना तय भएका छन् । अबको ५० वर्षपछिको बुटवलको जनघनत्वलाई अनुमान गरेर एकीकृत सहरी विकासको गुरुयोजना बनाइएको छ ।

बुटवल-१ को भैरव मन्दिरनजिकै रहेको उपमहानगर करिब तीन कट्ठा जग्गामा उक्त संग्रहालय बन्नेछ । संग्रहालय चार तलाको बन्ने छ । पहिलो, दोस्रो, तेस्रो तलामा म्युजियम र चौथो तलामा परम्परागत खानाको परिकारसमेत पाइने गरी क्याफे रहने छ । यस्तै, तल्लो तलामै बुटवललाई चिनाउने विभिन्न किसिमका सामान र मायाको चिनोहरू राखिएको शोभिनियर सप रहने छ ।

करिब छ करोड ८२ लाख ५० हजार दुई सय ५६ रुपैयाँ बराबरको लागतमा उक्त संग्रहालय निर्माण हुन लागेको हो । निर्माणकार्यका लागि उपमहानगर र निर्माण कम्पनी कम्पनी शिवशक्ति कन्स्ट्रक्सन प्रालिका बीचमा गत १० माघमा सम्झौता भएको थियो ।-शिलापत्रबाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close