अर्घाखाँचीमा सिंचाइ पोखरीमा पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु

सन्धिखर्क ।अर्घाखाँचीमा सिंचाइ पोखरीमा पौडी खेल्ने क्रममा डुबेर १ जना बालको मृत्यु भएको छ । मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका वडा नम्बर ६ जगतका १४ बर्षिय कुमार विक रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
आज बिहान सन्धिखर्क नगरपालिका वडा नम्बर ७ दह खोलामा रहेको सिंचाइ पोखरीमा पैडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक दिपेन्द्र रावलले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !