सन्धिखर्क ७मा बागमारा सामुदायिक क्लबको आयोजनामा भलिबल प्रतियोगिता हुँदै

सागर मरासिनी , सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ मा रहेको बागमारा सामुदायिक क्लबको आयोजनामा भलिबल प्रतियोगिता हुनेभएको छ ।क्लबको पाचौं बार्षिक उत्सबको अवसरमा दोस्रो बागमारा खुल्ला वडा कप भलिबल प्रतियोगिता हुन लागेको जनाएको छ ।
असोज ३०गते सुरु हुने खेल कार्तिक ०१ गते बिहान ९ बजे सम्म संचालन हुने छ ।जसमा प्रथम पुरस्कार ३०हजार ३सय३० दृतिय २०हजार २सय २०,तृतीय पुरस्कार १० हजार १सय१० रुपँया र साथमा विजेता टिमलाई शिल्ड , मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।टिम दर्ता शुल्क ३हजार रहेको क्लबका सचीव प्रकाश थापाले जानकारी दिनुभएको छ ।
कमेन्ट गर्नुहोस !