एमालेले गठन गर्‍यो भीम रावलसँग संवाद गर्न तीन सदस्य वार्ता टोली

काठमाण्डौं ।नेकपा एमालेले नेता भीम रावललाई उचित जिम्मेवारी दिने भएको छ । गएको महाधिवेशनदेखि पार्टीका भूमिकाविहीन भएका रावललाई एमालेले उचित जिम्मेवारी दिने भएको हो ।
एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले शनिबार बसेको पार्टी सचिवालय बैठकले रावलसँग वार्ता गर्न तीन सदस्यीय समिति बनाएको बताए ।

उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा नेताहरु लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको समितिले रावलसँग वार्ता गर्ने गुरुङले बताए ।
रावल अहिले एमालेमै भएपनि पार्टीभित्र भूमिकाविहीन छन् । केही दिनपहिले रावलको गृहजिल्ला अछाममा भएको कार्यक्रममा विष्णु पौडेललाई अवरोध समेत गरेका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close