कांग्रेस अर्घाखाँची प्रदेश सभा (ख)ले कार्य समितीलाई पूर्णता दिदै

अर्घाखाँची ।नेपाली कांग्रेस अर्घाखाँची प्रदेश सभा (ख) कार्य समितीले स्थानीय तह निर्वाचन २०७९ मा कांग्रेस बाट विजयी भएका जनप्रतिनिधि हरुलाइ सम्मान तथा प्रशिक्षण र बृहत अन्तक्रिया कार्यक्रम गर्ने भएको छ ।
साथै आज भएको पदाधिकारी बैठकले विभिन्न निर्णय समेत गरेको छ ।
बैठकले संगठनलाई सशक्त, मजबुत र गतिशील बनाउनका लागि आवश्यकता अनुसार विभिन्न बिभाग तथा उपसमितिहरु गठन गर्ने, कार्य समितीलाई पूर्णता दिनका लागि सदस्यहरु मनोनित गर्ने लगायतका महत्त्वपूर्ण निर्णय हरु पनि गरेको छ ।
पदाधिकारी बैठकले गरेका निर्णय हरुलाई कार्य समिती बाट अनुमोदन गराउने र जनप्रतिनिधि सम्मान तथा प्रशिक्षण र बृहत अन्तर्कृय कार्यक्रम सम्पन्न गर्नका लागि तयारी स्वरुप भदै ४ गते शनिबार बि पि स्मृति भवन सन्धिखर्कमा कार्य समितिको आगामी बैठक बस्ने निर्णय समेत गरेको छ । बैठक समितीका सचीव सुरज रायमाझीको संचालन र सभापति हेमन्त बेल्बासे को अध्यक्षतामा सम्पन्न भएको प्रचार विभाग प्रमुख सुर्य भुसालले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !