पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।तिनाउ गाउँपालिका वडा नम्बर ६चिदीमा लु १ ज २३७१ नम्बरको जीप पौने ५ बजेतिर दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु छ।
अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख एसपी हेरम्ब शर्मासहितको टोली पुगेको छ । डुम्रेबाट चिदिसातर्फ जाँदै गरेको जीप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।दुर्घटनाको कारण खुलेको छैन । प्रहरीका अनुसार, जीपमा २० जना यात्रु सवार रहेको सूचना छ ।थप विवरण आउन बाँकी
कमेन्ट गर्नुहोस !