कांग्रेस अर्घाखाँचीको संगठन सुधार कार्यक्रम डिभर्नामा सम्पन्न

सन्धिखर्क ।नेपाली कांग्रेस अर्घाखाँचीले ‘१०० दिने अभियान’ सन्धिखर्क १२, डिभर्नामा कार्यक्रम गरेको छ ।
संगठनलाई सुदृढ बनाउन तथा जनगुनासो सुन्ने उद्देश्यसहित सुरु गरिएको अभियान,,, अर्घाखाँचीका विभिन्न वडाहरुमा भईरहेका छन् । नेपाली कांग्रेसको केन्द्रिय क्यालेण्डर अनुसारको कार्यक्रम अन्तर्गत अर्घाखाँचीमा पनि सो अभियान अँगाडी बढाईएको नेपाली कांग्रेस अर्घाखाँचीले जनाएको छ ।
सन्धिखर्क नगरपालिकाको वडा नम्बर १२, डिभर्नामा भएको कार्यक्रममा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सहमहामन्त्री बिष्णु प्रसाद खनाल मुस्कानले दुई दलिय संयन्त्र निर्माण भएकाले स्थानीय स्तरमा देखिएका विवाद मेटिने बताउनु भयो । विकास निर्माण लगायतमा एकरुपता ल्याउन दुई ठुला दलबिच समझदारी भएकाले अब कुनै विवाद नआउने बताउनु भयो । देशलाई आर्थिक उन्नती तथा विकासका दृष्टिकोणले सही मार्गनिर्देश गर्न दुई दल मिल्नु परेको भन्दै सहमहामन्त्री बिष्णु मुस्कानले आगामी चुनावसम्म दुई दलकै सरकार रहने बताउनु भयो ।
कार्यक्रममा जिल्ला सभापती केशव श्रेष्ठले गाउँको विकासबिना नेपालको विकास सम्भव नरहेकाले गाउँ केन्द्रित हुनुपर्ने बताउनु भयो । संगठन होस् या विकास गाउँ केन्द्रित हुनुपर्ने उहाँको आशय थियो । हरेक परिवर्तनको नेतृत्व र हरेक पटक देशलाई संकट पर्दा कांग्रेसले काँध थापेको भन्दै उहाँले अबको बाटोपनि ‘कांग्रेस पथ’ नै रहेको बताउनु भयो ।
कार्यक्रममा पार्टिका पुर्व सभापती कमल प्रसाद भुसाल, जिल्ला सचिव कृष्ण खनाल, जिल्ला सदस्य लिला गौतम, लिलाधर बस्याल, जिल्ला प्रतिनिधी तथा जिल्ला सदस्य शोभाखर खनाल, नेपाल तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का लगायतले कार्यक्रममा मन्तव्य राख्नु भएको थियो ।
वडामा रिक्त रहेका दुई जना उपसभापती चयन गरिएको छ । खिम बहादुर चुँदाली र गोविन्द बहादुर खड्कालाई वडा कार्यसमितिको उपसभापतीमा चयन गरिएको वडामा खटिएका प्रतिनिधी शोभाखर खनालले बताउनु भयो । यस्तै वडाको कोषाध्यक्षमा हिमकला टमाटा र दलित संघको अध्क्षमा चाम बहादुर परियार चयन भएको वडा कार्यसमितिले जनाएको छ ।
कार्यक्रम वडा सभापती लोक प्रसाद श्रेष्ठको अध्यक्षता तथा सचिव विक्रम पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !