कपिलबस्तुमा सवारी दुर्घटना हुँदा अर्घाखाँचीकी एक वृद्धाको मृत्यु

कपिलबस्तु ।कपिलबस्तुमा सवारी दुर्घटना हुँदा अर्घाखाँचीकी एक वृद्धा मृत्यु भएको छ ।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा २ गोरुसिङ्गे स्थित जंगलमा एम्बुलेन्स र विंगर आपसमा ठोक्किँदा एक वृद्धाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

आज दिउँसो भएको दुर्घटनामा अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाकी ९५ वर्षीया ईन्द्रकला रानाको उपचारका क्रममा मृत्यु भएको हो।अर्घाखाँचीबाट बिरामी बोकेर बुटवलतर्फ जाँदै गरेको लु २ च ९२३७ नम्बरको एम्बुलेन्स र बुटवलबाट चन्द्रौटातर्फ आउँदै गरेको लु १ ज ४२८० नम्बरको विंगर एकआपसमा ठोक्किएका थिए।

घाइतेहरूको युनाइटेड अस्पताल र सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close