छत्रदेव गाउँपालिका स्वास्थ्य संस्थाहरुमा न्यूनतम सेवा मापदण्ड सम्बन्धी समिक्षा

सन्धिखर्क ।अर्घाखाँचीको छत्रदेव गाउँपालिका अन्तर्गतका वडा स्तरका सबै स्वास्थ्य संस्थाहरु को न्यूनतम सेवा मापदण्ड सम्बन्धी समिक्षा तथा फलोअप कार्यक्रम सम्पन्न भएको छ ।
चिदिका स्वास्थ्य चौकीबाट माघ ८ गते देखि सुरु गरिएको कार्यक्रम अन्तर्गत हरेक स्वास्थ्य संस्थाको फलोअप मूल्याङ्कन गर्दै आज ठूलापोखरा स्वास्थ्य चौकीमा आएर पुरा भएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य संस्थाबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि स्वास्थ्य संस्थाले निश्चित मापदण्ड पुरा गर्नुपर्ने भए अनुरुप स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डको आधारमा सबै स्वास्थ्य संस्थाको मूल्याङ्कन गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्विराज न्यौपानेले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !