विपन्न शारिरिक अपांगता भएका परिवार लाई सक्षम परियोजना रुपन्देहीद्वारा राहत सामाग्री वितरण

रुपन्देही ।करिव २ महिनाको लकडानका कारण आफ्नो दैनिकी चलाउन गाह्रो भएका शारिरिक अपांगता भएका बालबालिकाका परिवार लाई रुपन्देहीमा राहत सामाग्री वितरण गरिएको छ ।

No description available.
अपांग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र सक्षम परियोजनाको आयोजनामा सि वि एम को आर्थिक सहयोगमा,स्थानिय निकायको समन्वयमा र अपांगताको क्षेत्रमा काम गर्ने संस्थाहरुको सहकार्यमा जिल्लाका १६ पालिकामा ४५ जना अपांगता भएका बालबालिका र ५ जना अति विपन्न महिला गरि ५० घर परिवार लाई प्रति परिवार चामल३० केजी ,तेल२ लिटर, चिनी २ केजी ,दाल ३ केजी नुन २ केजी,नुहाने साबुन ४ पिस, सेनिटाईजर ५सय यमयल लगायतका सामाग्री हस्तान्तरण गरिएको परियोजना रुपन्देहीका सुपरभाइजर लेखनाथ आचार्यले जानकारी दिनुभयो ।

No description available.

हुनेखाने भन्दा पनि गरि खाने तथा लकडानका कारण रोजिरोटी गुमाएका लाई परियोजनाले राहत सहयोग गरेको बताईएको छ ।संस्थाको दायित्व भित्र रहेको अपांगता भएका बालबालिका खोजि खोजि उपचार त गर्याे त्यो संगै अति विपन्न खाद्यान्न अभावमा रहेका परिवारलाई सहयोग गरेर हामीलाई सहि दिशा हेर्न प्रेरित गरेको मायादेवी गाउँपालिका अध्यक्ष धुर्वनारायण चौधरीले बताउनुभयो।

No description available.
गरिवको जिन्दगी जहाँ होचो त्यहाँ गोचो भने जस्तै राहतको लागि पटक पटक माग गर्दा समेत नपाएको तर यश अस्पतालले मेरो छोरालाई नयाँ जीवन त दियो ।तर यो समयमा दैनिकी चलाउन चुलो पनि निभेको अवस्थामा संस्था सँग आपल्नो गुनासो राख्दा राहत दिएर केहि समयको लागि दैनिकी चलाउन सहज भएको भन्नुहुन्छ ।अक्लेस मल्लाहा को बाबा राजकुमार मल्लाह ।राहत सामाग्री वितरण कार्यक्रममा देवदह अपांग समाजका सल्लाहकार बालकुमार श्रेष्ठ ,रुपन्देही अपांग पुनःस्थापन को पार्वती न्यौपाने र मर्चवार अपांग पुनःस्थापन का अध्यक्ष आशिष यादवको सहभागीतामा राहत वितरण गरिएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close