छत्रदेव गाउँपालिकामा भएको घुम्ती शिविरबाट ६ सय बढीले सेवा लिए,वडाबाट सेवा पाउँदा स्थानीय खुशी

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा एकिृत घुम्ती सेवा शिविर भएको छ ।पालिकाबाट प्रदान गरिने सेवा वडा वडा मा पुगेर सेवा प्रदान गरिएको गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताउनुभयो ।पालिकाबासीहरुको मागलाई मध्य नजर गदै सहज तरिकाले सेवा प्रदान गर्न ८ वटै वडामा पुगेर सेवा प्रदान गरिएको गाउँपालिका अध्यक्ष श्रेष्ठको भनाइ छ ।
शिविरमा योजना हरुको सम्झौता ४३, जेष्ठ नागरिक परिचय पत्र—वितरण २सय३ ,कृषि तथा पशुको सेवा ३सय ५,रेबिज विरुद्वको खोप ५६ ,व्यवसाय दर्ता तथा नविकरण ६ गरि कुल ६सय १३ वटा सेवा प्रवाह गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत वुद्विराम न्यौपानेले जानकारी दिनुभयो ।
सेवा वडा वडामा स्थानीय सरकार’ भन्ने मूल नाराका साथ गएको एकीकृत घुम्ती शिविर वडा नम्बर १ बाट सुरु गरेर ८मा पुगेर सम्पन्न भएको योजना शाखा प्रमुख शिव बर्माले बताउनुभयो ।यसरी पालिकाबाट पाइने सेवाहरु गाउँघरमै गएपछि हरेक वडाका नागरीकहरु पनि खुशी भएका छन ।
कमेन्ट गर्नुहोस !