अर्घाखाँची अस्पतालमा कोरोनाका बिरामीका लागि बेडको अभाव

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँची अस्पतालमा कोरोनाका बिरामीलाई बेडको अभाव भएको छ ।१० बेडको एचडियु र ६ बेडको जनरल गरी १६ वटा बेड कोरोनाका बिरामीको उपचारको लागि भए पनि हाल अस्पतालले २३ जना बिरामी राखेर उपचार गरिरहेको अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनुभयो ।

हालसम्म अस्पतालमा भर्ना भएका कोरोना संक्रमित ६५ जना बिरामी मध्ये ३९ जना बिरामी डिस्चार्ज भएको गौतमको भनाइ छ ।जिल्लामा पछिल्लो १५ दिनमा १० जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय विकले बताउनुभयो ।हाल जिल्लामा ५ सय १३ जना संक्रिय संक्रमित रहेका बताईएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close