भ्रष्टाचार अन्त्य गर्नु पनि विकासमा थप टेवा पूग्नु होः गठबन्धन उम्मेदवार भुसाल

अर्घाखाँची ।नेपाली कांग्रेसकी केन्द्रिय सदस्य अर्घाखाँचीबाट गठबन्धका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्बार पुष्पा भुसालले महिला, बालबालिका, गरिब तथा असहायको हक अधिकारको रक्षा गर्नु आफ्नो मुख्य उदेश्य रहेको बताउनुभएको छ ।
खिल्जी,असुरकोट लगायतमा आयोजित कोणसभालाई सम्बोधन गदै नुवाकोट,खिल्जी र असुरकोट सडकको पिच ,एक घर एक धारा ,स्वास्थ्य, शिक्षा लगातको क्षेत्रमा सुधार गर्न काम गर्ने बताउनुभएको छ ।
अर्घाखाँचीबाट टोपबहादुर रायमाझीले तिन– तिन पटक सांसद पद जित्दा पनि जिल्लाबासिको हक र अधिकारका निम्ति संसदमा आवाज नउठाएको आरोप समेत लगाउनुभयो देशमा व्याप्त भ्रष्टाचार र विकृतिको अन्त्य गर्दै संविधान रक्षा गर्न गठबन्धन गर्नुपरेको प्रष्ट समेत पार्नुभयो ।
यस्तै प्रदेश सभा (ख) का गठबन्धनका उम्मेदवार तथा कांग्रेस नेता कमलप्रसाद भुसालले आफुले जुटको राजनिती नगर्ने बताउनुभएको छ ।
आफुले जनतालाई सन्तुष्ट पार्नको लागि जनताका मुख्य समस्या प्राथामिक राख्ने भुसाले हो ।सस्तो लोकप्रियको राजनिति आफुहरुले नगर्ने बताउदै जगंली जनावर बाट हैरानी भएका किसानका समस्या,आर्थिक समृद्वी सुशासन लगायतका विकासमा चनाखे भएर काम गर्ने बताउनुभयो ।उहाँले खिल्जी,असुर कोट लगायतका क्षेत्रमा उत्पादन हुने स्थानीय मन्दिरालाई त्यसको अध्यान अनुसन्धान गरेर ब्रान्डीङ गर्ने भुसालले बताउनु भएको हो ।
कमेन्ट गर्नुहोस !