अर्घाखाँचीमा राष्ट्रिय युवा संघ नेपालद्वारा निशुल्क एम्बुलेन्स संचालन

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले निशुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ ।कोरोनाको जोखिम मा कोरोना लागेर अस्पताल सम्म पुग्न आर्थिक अभाव भएका गरिव तथा विपन्न वर्गको लागि राहात दिने उदेश्यले यो सेवा संचालनमा ल्याईएको युवा संघ अर्घाखाँची शाखाले जनाएको छ ।

May be an image of car and outdoors
जसमा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालमा केन्दिय कमिटि तथा सचिवालयमा रहेका सदस्यहरु बाट युवा संघको विपद व्ययवस्थापन कोष खडा गरि अभियान चलाइएको छ ।जिल्ला भित्रका नागरिक बिरामी भएर आर्थिक अभावमा अस्पताल सम्म पुग्न नसक्नेले एम्बुलेन्स लाई सम्पर्क गर्न सकिने बताइएको छ ।आवश्यक सल्लाहको लागि सम्पर्क नम्बर हरु 9857061186, 9857066631, 9857029187,9857029207

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close