दिगो विकास केन्द्र अर्घाखाँचीले करिव ५सय को आँखाको निःशुल्क अपरेशन गर्‍यो

सागर महत,भदौ २७अर्घाखाँची ।
दिगो विकास केन्द्र अर्घाखाँची र रोटरी क्लव अफ महाराजगन्ज काठमाण्डौको संयुक्त आयोजनामा जिल्ला आँखा उपचार केन्द्र अर्घाखाँचीमा २ दिने आँखाको मोतीबिन्दुको निःशुल्क अपरेशन शिविर सम्पन्न भएको छ। यो वर्ष ६७ जना सहित ५ वर्षको अवधिमा जिल्लामा करिव ५सय जनाको निःशुल्क अपरेशन गरिएको दिगो विकाश केन्द्र अर्घाखाँचीका अध्यक्ष डक्टर जयबहादुर टण्डनले जानकारी दिनुभयो ।


आँखाको चेक जाँच, नाक र कानको पनि चेकजाँच बाट हजारौं बिरामीलाई २०७३ सालबाट शिविर संचालन गर्दै आएको टण्डनको भनाई छ ।आर्थिक अवस्था कमी भएकै कारण उपचार हुन बन्चीत हुन नागरिकलाई नपरोस भनेर यस्तो कार्य गर्दौ आएको बताउनुभयो ।
जिल्ला आँखा उपचारकेन्द्र अर्घाखाँचीको प्राविधिक सहयोग र शिविरमा नेपाल ग्लोबल मेडिकल फाउन्डेसन अस्ट्रेलीयाले पनि समन्वय गरेको थियो ।जिल्ला आँखा उपचार केन्द्र अर्घाखाँचीका प्रमुख सागर घिमिरेका अनुसार अधिकांशको अपरेसन सफल भएको बताउनुभयो । समन्वय गरेर उपचार गराउन पाउँदा हाम्रो टिम निकै खुशी रहेको घिमिरेको भनाई छ ।

एउटा मात्र आँखाको अपरेसन गर्दा भैरहवा जाँदा ३० हजार खर्च लाग्छ ।त्यो बचत भएको छ ।२वटा आँखाको अपरेसन निःशुल्क गर्न पाउँदा निकै खुशी लागेको भुमिकास्थान नगरपालिका १० का यमलाल बन्जाडेको भनाई छ ।
१ वर्षदेखि आर्थिक अवस्था कमजोर भएकै कारण २वटै आँखाले बाहिरी संसार देख्न नसक्ने छत्रदेव ३का बेलबहादुर कुमालले अपरेसन पछि आँखा देख्दा खुशी हुनुहुन्छ ।दैनिक मजदुरी गरेर घर खर्च चलाउँदै आएका उहाँ पछिल्लो समय आँखाले बाहिरी संसार देख्न नपाउँदा निकै दुखी हनुहुन्छ । अब देख्न लागेको छु । दैनीकी मजदुरी गरेर खाना सक्ने बताउनुभयो ।उहाँलाई शिविरमा पत्रकार केशव पन्थीले ल्याउनुभएको थियो ।


भुमिकास्थान नगरपालिका वडा नम्बर १ कि विष्णु बैजालीले एउटा आँखा देख्न छोडेको करिव २ वर्षभएको थियो ।अहिले अपरेसनपछि ८८ वर्षमा आँखा देख्न पाउँदा निकै खुशी हुनुहुन्छ ।त्यति मात्र नभएर यता सन्धिखर्क नगरपालिका वडा नम्बर ७ कि हरिकला पाण्डेले पनि १ वर्षपछि बाहिरी संसार देख्दा निकै खुशी हुनुहुन्छ ।उहाँले त आँखाले बाहिरी ससांर देख्दा छमछमी नाच्नुभएको हो ।७४ वर्षिय हरिकलाका ४ सन्तान हुन ।

१ छोरा भारतमा गएर बेपत्ता भएको बताउनुभयो ।अहिले तीन छोरीको साथमा बस्दै आएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close