साक्षरता दिवस सन्धिखर्कमा पनि मनाइयो,अर्घाखाँचीमा पुरुष भन्दा महिला साक्षरता बढी

सागर महत,भदौ २३सन्धिखर्क ।
अर्घाखाँचीमा विभिन्न कार्यक्रम गरी ५९ औं अन्तरास्ट्रिय  साक्षरता दिवस मनाइएको छ । डिजिटल युगमा साक्षरताको प्रवद्र्धन भन्ने नाराका साथ शिक्षा बिकास तथा समन्वय इकाई, अर्घाखाँचीको आयोजना र सन्धिखर्क नगरपालिकाको सहजीकरणमा अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सन्धिखर्क नगरपालिका कृष्णप्रसाद श्रेष्ठले समुद्घाटन गर्नु भएको थियो ।
२०७८को जनगणना अनुसार जिल्लामा साक्षरता हुनेको पुरुष भन्दा बढी महिला रहेका छन ।जसमध्ये पुरुष ७३ दशमल ८ र महिला ८७ दशमल ७ रहेको शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख विष्णुप्रसाद बेल्वासे जानकारी दिनुभयो । यस्तै उहाँले अर्घाखाँची जिल्ला २०७२ सालमा साक्षरता जिल्ला घोषणा भएको बताउनुभएको थियो ।

कार्यक्रममा डिजिटल साक्षरता,डिजिटल साक्षरताको अवस्था लगायतका विषयमा पनि आज सहजीकरण गरिएको थियो।
सन्धिखर्कमा सामाजिक सिकाई केन्द्र बिचमा भएको कुर्चि दौड प्रतियोगितामा पुष्पा अर्याल प्रथम,दृतिय संगिता केसी महत्रा,तृतिय विष्णुमाया लम्साल र सान्त्वना तारा प्ुन हुनुभएको हो ।उहाँहरुलाई सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भटराई,सन्धिखर्क नगरपालिका प्रमु्ख प्रशासकिय अधिकृत खिमानन्द भुसाल लगायतको सहभागीतामा पुरस्कार वितरण गरिएको बेल्बासेको भनाई छ।

 


कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराई र सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकिय खिमानन्द भुसालले शैक्षिक सुधारमा सामुदायिक सिकाई केन्द््रको महत्वपुर्ण भुमिका हुने विषयमा जोड दिनुभएको हो।यस्तै समुदाय स्तरमा शैक्षिक सुधारमा महत्वपुर्ण भुमिका छ भन्नुभएको हो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका कृष्णप्रसाद श्रेष्ठ, जिल्ला समन्वय अधिकारी राजेन्द्र प्रसाद गौतम, सामाजिक विकास समितिका संयोजक नारायण खड्का, शिक्षा अधिकृत मञ्जु आचार्य, शिक्षकहरु माधव प्रसाद आचार्य, नाम बहादुर सिंह रानाभाट, युवराज भुसाल लगायतले मन्तव्य राख्नु भएको थियोे ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close