जनतासंगका बाचा पुरा गर्दै पाणिनि २ का वडा अध्यक्ष चन्द्रकान्त पौडेल

सुर्य प्रसाद भुसाल ,सन्धिखर्क ।
अर्घाखाँची जिल्ला को पाणिनि गाउपालिका वडा नम्बर २ का वडा अध्यक्ष चन्द्रकान्त पौडेलले आफू वडा अध्यक्षमा निर्वाचित हुँदा गरेका अधिकांश वाचा पुरा गर्दै स्थानिय बासिलाई खुसि बनाएका छन । पौडेल निर्वाचित हुँदा पाणिनि गाउपालिका २ मा गरेका धेरै वाचा पूरा गर्दै वडामा क्रमश विकाश भएको देख्दा स्थानीयवासी खुसी भएका हुन ।
पाणिनि गाउपालिका वडा नम्बर २ का सबै क्षेत्रमा रहेका गाउँका नागरिकहरू को माझ समय समयमा पुगेर स्थानीयहरूको समस्यालाई बुझि बिकास निर्माणका कामहरु अगाडि बढाएको देखेपछि अध्यक्ष पौडेलले गरेको ब्याभार देखेर स्थानीय बासि हरुले ले खुसी महसुस गरेको पोखराथोक का चन्द्र सारु मगरको भनाइ छ । चुनाबमा जनता सग वडा नम्बर २ का अध्यक्ष पौडेलले प्रतिबद्धता जनाए अनुसार काम गरेपछि स्थानियले वडा अध्यक्ष को खुलेर प्रसम्सा गर्ने गरेको स्थानीय प्रमोद गौतमले बताए ।
गौतमले भने उनी जनप्रतिनिधिको रूपमा निर्वाचित भएपछि वडाको हरेक क्षेत्रमा सुधार र परिवर्तन भएको छ । निर्वाचनका बेला घोषणापत्रमा उल्लेख गरिएका र जनता सग चुनाव मा गरेका बाचा ७० प्रति पुरा गरी सकेको वडा अध्यक्ष पौडेलले बताए।
‘पौडेल भने म निर्वाचित भइसकेपछि निकै अध्यान गरेर विकासको गति अगाडि बढाएर अहिले सम्म सन्तोषजनक कार्य गरेको महशुस गरेको छु मैले सोचे अनुसार सबै काम पूर्ण रूपमा गर्न सकेको छैन न्यून बजेट छ जनताका अपेक्षा धेरै छन ‘वडाको विकास निर्माणको कामलाई पनि तीव्रता दिएको उनले दाबि गरे ।
वडाका जनप्रतिनिधिले चुनावको समयमा गरेका अधिकांश वाचा पुरा गरेकोमा स्थानीय मजोज गौतमले ले खुसी व्यक्तगरे
वडा नम्बर २ का गाउँमा सडक निमार्ण कृषकहरूका लागि कृषि औजार खरिद तथा अनुदान वितरण , स्वास्थ्य क्षेत्रको लागि वडावासीहरूलाई लाभ हुने गरी भवन निर्माण औषधि बितरण जेष्ठ नागरिक सम्मान जङगलि जनाबर बाट खेतिबालि जोगाउन भोटेकुकुर बितरण ८० बर्ष माथिका जेष्ठ नागरिक हरुलाई तिर्थ यातत्रा वडा स्तरिय अध्यक्ष कप खेलकुदहरु बिधालय का शिक्षक ब्यबस्थापन समिति का पदाधिकारी लाई शैक्षिक भ्रमण महिला स्वाथ्य स्यम सेविका सम्मान बिधालय मा शिक्षाको गुणस्तर सुधार अषाढ अगाडि सबै योजना चैत बैसाख भित्र सम्पन्न वडाका जनताको माग अनुसार वडा स्तरिय घुम्ती सिविर सन्चालन मौरिका घार किषानलाई बितरण उत्पादन को आधारमा अनुदान विभिन्न प्रकारका लक्ष्क्षित बर्गका कार्यक्रम हरुको परिचालन नियमित वडामा हुने बिकास निर्माणका कामको अनुगमन प्रत्यक दिन ठिक १० बजे कार्यलयमा उपस्थित भई निरन्तर काम गरेपछि पोखराथोक बासिलाई सिहदरवारको अधिकार गाउमा आएको महशुस भएको स्थानीय ले बताउछन ।
विद्यालयका न्यूनतम भौतिक संरचनाहरू निर्माण गरी शैक्षिक गुणस्तरमा विशेष जोड दिएको अध्यक्ष पौडेल ले जानकारी दिए । साथै विधार्थीहरुको लागि नियमित विद्यालयमा आउने वानिको विकाश गर्न समय समयमा शैक्षिक सामग्री वितरण समेत गरेको वडा अध्यक्ष पौडेलले दाबि गरे ।
साथै वडामा शान्ति सुरक्षा समय समयमा सम्बन्धित सुरक्षा निकाय सँग सहकार्य र समन्वय गरेर काम गर्दै स्वच्छ खानेपानीको लागि गाउँमा खानेपानी पाईप बितरण गरि पानी जनालाई खुवाएका छन । स्थानीयले निर्वाचनमा आफूलाई विजय गराएमा विद्युत् ,खानेपानी , सडक ,नाला ,कृषि तथा शिक्षा जस्ता महत्त्वपूर्ण बिकासका काम गर्ने अध्यक्ष पौडेलले बाचा गरेका थिए । वडा अध्यक्ष पौडेल स्थानिय सुन्तला कृर्षक र नेपाली काङ्ग्रेस अर्घाखाँची का युवानेता समेत हुन ।
कमेन्ट गर्नुहोस !