नेपालको अतिक्रमित भुमि फिर्ता गर्न सत्तामा रहेका नेताकार्यकर्ता पनि जुटन आवश्यक छःखत्री

सन्धिखर्क,भदौ २२ ।नेपालको कालापानी लिम्पियाधुरा र लिपुलेक लगायतका अतिक्रमित भुमि फिर्ता ल्याउनको लागि सत्तामा रहेका नेपाली कांग्रेस र नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु समेत नलागे सम्महरु अन्य दलका नेताकार्यकर्ताबाट यो भुमि फिर्ता ल्याउन निकै चुनौती भएको राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेपालले चीन र भारतलाई बेलाबेलामा विरोध कुटनीतिक नोट बुझाए पनि त्यसबारेमा प्रभावकारी ढङ्गबाट दुइवटा मुलुकसँग सवाद हुन नसकेको बताउनुभयो ।यो भुमि फिर्ताको लागि अन्तराष्ट्रिय अदालत जान पर्ने समय आएको समेत खत्रीले उल्लेख गर्नुभयो ।यस्तै उहाँले अहिलेको भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सिमाको विषयमा कुनै विषय नउठाएको चिनिया संचारमाध्यले उल्लेख गरेको समेत आरोप लगाउनुभएको हो ।नेपालका संचार माध्यमबाट मात्र विषय उठाएको आएको हो ।जुन देशबाट आउनु आवश्यक थियो ।त्यो नआएको खत्रीको भनाई छ ।
भारत र चीन दुइटै सामज्यवादी मुलुक हुन ।कालापानीमाथिको भारतीय कब्जालाई चीनले वैधानिकता दिने काम गरेको छ ।सिमा विवादलाई यि २ देशले समधानकोबाटो बाट पन्छिन खोजेको राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष थम्मन केसीले बताउनुभयो ।
सन २०१५मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणको क्रममा दुई देशीय व्यापारिक नाको रुपमा विकास गर्ने भनिएको कार्य कार्यन्वयनमा नगएको ,राष्ट्रिय हतक्षेप बढेको विषमा समेत जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट सरकारलाई ध्यान आकर्षण पत्र समेत पठाएको अध्यक्ष केसीले विज्ञप्तीबाट समेत जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !