चौहानले जन्मदिनको अवसरमा मृगौला पीडित पुष्षालाई आर्थिक सहयोग गरे

बिमल चौहान, काठमाण्डौं । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगीका समासेवी ,उदीयमान जनजागृति क्लबका वरिष्ठ उपाध्यक्ष ,स्वास्थ्यकर्मी तथा पत्रकार अशोक चौहानले आज परेको जन्मदिनको अवसर पारेर आर्थिक सहयोग गर्नुभएको छ ।

पुष्षा बचाउ अभियानमा जुटेको उदीयमान जनजागृति क्लबले संचालन गरेको आर्थिक सहयोग अभियानमा १ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो। सन्धिखर्क नगरपालिका वडा नम्बर ११ अमिले निवासी सन्तोष कुवँरकी श्रीमती पुष्पा खनाल कुवँर को दुबै मृर्गौलाले काम गर्न छोडेको र मृगौला प्रत्यारोपण गर्नु पर्ने भएकाले अहिले काठमाडौं टिचिङ अस्पतालमा उपचार भइरहेको छ । केहि महिना देखि उपचारको क्रममै आर्थिक अवस्था अत्यन्तै नाजुक भएको हुँदा सहयोगको लागी बिरामीको घरपरिवारले अनुरोध समेत गरेको छ ।
चौहानले जन्मदिन मनाउदा केक काट्ने प्रचलन बढदै गएकाले आफूले फरक कार्य गरेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close