अर्घाखाँचीमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

  • सागर महत /अर्घाखाँची ।
    अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जमध्ये सन्धिखर्क नगरपालिकामा १९ जना,भुमिकास्थान नगरपालिकामा ५ जना,मालारानी गाउँपालिकामा २ जना,पाणिनी गाउँपालिकामा २ जना र छत्रदेव गाउँपालिकामा  ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।आज थपिएका सँगै जिल्लामा कुल संक्रमित संख्या १५ सय५५ पुगेको छ भने कोरोना निको भएर ८ सय ६२ जना डिस्चार्ज
    भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ। अब जिल्ला मा सक्रिय कोरोना संक्रमित संख्या ६ सय ५५ पुगेको छ ।
  • यस्तै पछिल्लो २४ घण्टामा २ जनाको कोरोना संक्रमण कारण उपचारको क्रममा मृत्यु भएको छ।मृत्यु हुनेमा भुमिकास्थान नगरपालिका वडा नम्बर ३ का २८ वर्षिय पुरुष र सोहि नगरपालिकाको वडा नम्बर ८ का ७२ वर्षिय पुरुषको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो। हाल सम्म जिल्लामा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close