जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा टाइम कार्ड लागु

सागर महत ,अर्घाखाँची ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा विभिन्न सेवामा टाइम कार्ड लागु गरेको छ।सेवामा सहजता ल्याउन तथा सेवामा समयप्रति देखिएको अन्यौलता हटाउन टाइम कार्ड लागु गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
सन्धिखर्क नगरपालिका र भुमिकास्थान नगरपालिकाको सहयोगमा मेसिन खरिद गरि टोकन सिस्टम लागु गरिएको छ ।टोकन सिस्टमबाट कुन शाखाबाट कस्तो सेवा लिन सकिन्छ भनेर जानकारी पनि पाउँन सकिने प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताउनुभयो ।
राहाधानी र राष्ट्रिय परिचय पत्र बनाउनको लागि कर्मचारीले सहजीकरण गरिदिने उहाँको भनाइ छ ।
नयाँ नागरिकता प्रतिलिपिको हकमा प्रमाण पु¥याएर पेस भएका निवेदकहरूलाई अभिलेख भिडेको १ घण्टा भित्र प्रतिलिपि दिइने छ । अनलाइन फारम भरेर राष्ट्रिय परिचय पत्र संघ संस्था दर्ता,नाबालक परिचय पत्रका लागि आएका निवेदकले पनि १ घण्टा भित्रै सेवा प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी घिमिरे बताउनुभयो ।केन्द्रबाट प्राप्त भएका ई–पासपोर्टहरु टोकन प्रणाली अनुसार सोही दिन समय तोकेर वितरण हुनेछ ।
कमेन्ट गर्नुहोस !