कांग्रेस नेतृ सरस्वती अर्यालको नवौं पुण्यतिथिमा श्रद्धाञ्जली सभा सम्पन्न

काठमाडौं,साउन २७ । नेपाली कांग्रेस सन्धिखर्क नगरपालिका–८ का सभापति कृष्ण प्रसाद अर्यालकी धर्मपत्नी, नेपाली कांग्रेस पूर्व क्षेत्रीय प्रतिनिधि, महिला नेत्री तथा सामाजिक व्यक्तित्व सरस्वती अर्यालको नवौं पुण्यतिथि अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।
५५ वर्षको उमेरमा उपचारका क्रममा साउन १८ गते दिवंगत भएकी अर्यालको स्मृतिमा नेपाली कांग्रेस अर्घाखाँची सम्पर्क समितिद्वारा बुढानिकण्ठ नगरपालिका–पासिकोटस्थित निवासमा सोमबार कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले सरस्वती अर्याल जस्तो असल, सक्षम र योग्य नेतृको निधनले कांग्रेस परिवारलाई ठूलो क्षति पुगेको बताएका थिए। उनले परिवारको गहिरो पीडामा कांग्रेस सधैं साथमा रहने प्रतिवद्धता जनाए। त्यसैगरी श्रद्धाञ्जली सभामा प्रतिनिधि सभा सदस्य विजुला रायमाझी र नेपाली कांग्रेस लुम्बिनी प्रदेश सह–महामन्त्री विष्णु प्रसाद खनाल ९मुस्कान० ले स्वर्गिय अर्यालको आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजन प्रति समवेदना ब्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा योजना आयोगका सदस्य डा. जय बहादुर टण्डन,नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका पूर्व सचेतक तथा महासमिति सदस्य निर्मला क्षेत्री, महासमिति सदस्य लेखनाथ पोखरेल, महाधिवेशन प्रतिनिधि तारा प्रसाद श्रेष्ठ,नेता विष्णुहरि शर्मा लगायतका नेता, कार्यकर्ता, आफन्त, शुभचिन्तक तथा सम्पर्क समितिका पदाधिकारीको उपस्थिति रहेको थियो। स्वर्गिय अर्यालका दुई छोराहरु केशव अर्याल र नवीनअर्याल रहेका छन् । त्यसैगरी बुहारीहरु रिता अर्याल र जयन्ती अर्याल हुन ।
कार्यक्रमको अध्यक्षता सम्पर्क समितिका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले गरेका थिए भने सञ्चालन सचिव किरण पोखरेलले गरेका हुन् ।
कमेन्ट गर्नुहोस !